सरकारले चैत ११ गतेदेखि लागू गरेर साउन ७ गतेदेखि अन्त्य गरेको लकडाउनको अवधिमा २२ प्रतिशतले रोजगारी गुमाएका छन् । सबैभन्दा बढी होटल तथा रेष्टुरेन्ट क्षेत्रका श्रमिकले रोजगारी गुमाएका छन् । नेपाल राष्ट्र बैंकले लकडाउनले अर्थतन्त्रमा पारेको असरका बारेमा गरेको सर्वेक्षणबाट हाल नेपालमा सञ्चालित उद्योग व्यवसाय बन्द हुँदा करिब एक चौथाइ कामदारले रोजगारी गुमाएको पाइएको हो ।
बैंकले गरेको सर्वेक्षणअनुसार सबैभन्दा बढी होटल तथा रेष्टुरेन्ट क्षेत्रका श्रमिकले रोजगारी गुमाएका छन् । यो क्षेत्रबाट ४० प्रतिशतले रोजगारी गुमाएका छन् । यसरी रोजगारी गुमाएका मध्ये ५८ प्रतिशत अस्थायी तथा करार नियुक्तीमा थिए । त्यस्तै विद्युत,ग्याँस र पानी क्षेत्रमा ३९ प्रतिशत, यातयात तथा भण्डारण क्षेत्रबाट १८ प्रतिशत,थोक तथा खुद्राबाट २४ प्रतिशत, उत्पादनमुलकबाट २३ प्रतिशत, कृषिबाट २१ प्रतिशत,सञ्चार क्षेत्रबाट २१ प्रतिशतले रोजगारी गुमाएका छन्।
यो बीचमा स्वास्थ्य तथा समाजिक क्षेत्रबाट समेत १५ प्रतिशतले रोजगारी गुमाएका छन् भने सबैभन्दा न्यून शिक्षा क्षेत्रबाट ५ प्रतिशतले रोजगारी गुमाएका छन् । यसरी रोजगारी कटौति गर्नेमा सबैभन्दा धेरै घरेलु तथा साना उद्योगहरु रहेका छन्। ३० प्रतिशत यही क्षेत्रबाट कटौतिमा पेका छन् । ठूला उद्योगले भने १४ प्रतिशतमात्र कर्मचारी कटौति गरेका छन् ।
यो अवधिमा रोजगारी गुमाउनेमात्र होइन नगुमाएकाहरुले पनि पारिश्रमिक गुमाएका छन् । अध्ययनका अनुसार यो अवधिमा औषत १८ प्रतिशत नियमित तलब कटौति भएको छ । यसमा सबैभन्दा धेरै होटल क्षेत्रका श्रमिकले ३६ प्रतिशत कटौतिको मार खेपेका छन् । यातायात क्षेत्रमा पनि ३१ प्रतिशत तलब कटौति भएको छ ।
सर्वेक्षणअनुसार उक्त अवधिमा ४ प्रतिशत उद्योगधन्दामात्र पूर्ण रुपमा सञ्चालन भएका थिए । ३५ प्रतिशत आंशिक खुलेपनि ६१ प्रतिशत पूर्ण बन्द रहेका थिए । लकडाउन खुलेपछि सामन्य अवस्थामा फर्किन होटल तथा रेष्टुरेन्ट क्षेत्र न्यूनतम १ वर्ष लाग्ने प्रक्षेपन गरिएको छ । औषतमा ९ महिना लाग्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस