बुधबार, ०७ असोज २०७७

राजश्व अनुसन्धान बुटवलका प्रमुख राना घुस सहित अख्तियारको नियन्त्रणमा

रुपन्देही २० साउन । राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत बिजय राना घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले बुटवल १२ नयाँ गाउँमा रहेको राजश्व अनुसन्धान कार्यालयका प्रमुख रानालाई २ लाख घुस सहित बुटवल १३ बुद्धचोकबाट नियन्त्रणमा लिएको हो । 

गुट्का सुर्ति व्यापारी अनिलकुमार झा बाट घुस लिदै गर्दा प्रमुख राना र घुस दिने झा लाई पक्राउ गरिएको अख्तियार दुरुयोग अनुसन्धान आयोग बुटवलका प्रमुख डाक्टर भिष्मकुमार भुसालले जानकारी दिनुभयो । 

कार्यालय प्रमुख रानाले व्यापारीहरु संगबाट मासिक रुपमा रकम असुल्दै आएको सुचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेको हो । घुस लिने राना र घुस दिने झा माथी थप अनुसन्धान हुने अख्तियार बुटवलले बताएको छ । 

अख्तियारको बुटवल कार्यालयले सोमबार श्रोत नखुलेको ३ लाख ४८ हजार नगद र बिभिन्न बैङकका ५ लाख ५० हजार भौचर सहित बाँके राष्ट्रिय निकुञ्जका वार्डेन प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायालाई रुपन्देहीको सैनामैना १० बाट नियन्त्रणमा लिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस