शुक्रबार, ३० साउन २०७७

रुपन्देहीमा कांग्रेसको कृयासिल सदस्यता नबिकरण र बितरण सुरु

रुपन्देही १६ साउन । नेपाली कांग्रेस रुपन्देहीले जिल्लामा क्रियाशिल कार्यकर्ताको सदस्यता नविकरण र बितरण सुरु गरेको जनाएको छ । नेपाली कांग्रेस रुपन्देही अन्तर्गत रहेका कांग्रेस कार्यकर्ताको सदस्यता नविकरणको साथै सकृय साधारण सदस्यलाई क्रियाशिल सदस्यता समेत प्रदान गरिने जिल्ला सभापति अब्दुल रज्जाकले जानकारी दिनुभयो ।


रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हरि लम्साललाई नविकरण फारम हस्तान्तरण गर्दै रज्जाकले रुपन्देहीमा पुराना कार्यकर्तालाई पुर्नताजगी गर्दै नयाँ सदस्यहरुलाई कृयासिल बनाउदै पार्टीलाई सशक्त र संगठित बनाइने बताउनु भयो । 


नविकरण फारम क्षेत्रीय सभापतिहरुको माध्यमबाट नगररगाउँ र वडास्तरमा पुग्ने भएकोले सबै कार्यकर्तालार्ई यस अभियानमा सहभागि हुन सभापति रज्जाकले आव्हान गर्नुभयो । कृयासिल सदस्यता फारम बुझेपछि सभापति हरि लम्सालले कांग्रेस महाधिबेसनमा होमिएको बताउदै कांग्रेसलाई जिबन्तता दिने महाधिबेसन सफल बनाउनु सबैको दायित्व भएको बताउनु भयो । 


कार्यक्रममा जिल्ला सचिवद्वय रामकृष्ण खाँण र हरि काफ्ले, कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, क्षेत्र नम्बर ३ का सभापति मात्रिका प्रसाद यादव, उपसभापति पुरन प्रसाद श्रेष्ठको सहभागिता रहेको थियो । १ सय ५५ वटा वडा रहेको रुपन्देहीमा १२ हजार बढी क्रियाशिल सदस्य रहेका छन । 
 

प्रतिक्रिया दिनुहोस