शुक्रबार, ३० साउन २०७७

बिप्लवका रुपन्देही इन्र्चाज सहित १० जना पक्राउ

रुपन्देही १६ साउन । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका रुपन्देही इन्चार्ज सहित १० जना नेता कार्यकर्ता पक्राउ परेका छन ।

बुटवल १९ मोतिपुरबाट जिल्ला इन्र्चाज संगम पुन , नबिन थारु , बिश्वास भट्टराई , माधव न्यौपाने , अज मोहमद मिया लगाएतका दर्जन नेता कार्यकर्तालाई प्रहरिले पक्राउ गरेको नेकपा रुपन्देहीले बताएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हेमकुमार थापाले पक्राउको पुष्टि गर्नुभएको छ ।

पक्राउ परेकाहरुलाई शनिबार प्रहरिले सार्बजजिक गर्ने बताएको छ । बुटवल नजिक प्रतिबन्धित गतिबिधिमा सम्लग्न भएको पाइएपछि पक्राउ गरिएको प्रहरिले बताएको छ । 

प्रतिक्रिया दिनुहोस