शुक्रबार, ३० साउन २०७७

कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५५ पुग्यो , जगदम्बाका सिइओको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ । यद्दपी यसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न बाँकी रहेको छ । 
जगदम्बा इन्टरप्राइजेजका मुख्य कार्यकारी अधिकृत र दुई जना वीरगन्ज निवासी पुरुष रहेको नारायणी अस्थायी अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो ।

६५ वर्षीय जगदम्बाका सिइओ भारतीय नागरिक हुन् । उनलाई लामो समयदेखि मुटुको विरामी रहेको डा  सिंहले बताउनु भयो । गत साउन ७ गते संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उहाँलाई बिहानै देखि अक्सिजन कमी भएपछि भेन्टिलेटरमा राखेका थियौं । तर उहाँको गएराति ११ बजेतिर मृत्यु भयो, डाक्टर सिंहले भन्नुभयो । 

बाँकी दुई जना मृतक पनि वीरगन्जकै हुन् । जसमा ३५ वर्षीय युवक र ७५ वर्षीय वृद्ध रहेका छन् । युवक गत बुधबार अस्पताल भर्ना भएका थिए ।
उनमा केही दिनदेखि ज्वरोको समस्या देखिएको थियो । उनको पनि गण्डक अस्पतालमै उपचारको क्रममा मृत्यु भएको हो । अर्का ७५ वर्षीय वृद्धको भने घरमै मृत्यु भएको र पछि स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको डा  सिंहले भन्नुभयो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।
 

प्रतिक्रिया दिनुहोस