शुक्रबार, ३० साउन २०७७

स्थानीय साधनले पनि बाढीबाट जोगाउँछ

रुपन्देही १२ साउन । रुपन्देहीमा बाढी पूर्बतयारी तथा प्रतिकार्य संयुक्त अभ्यास ( सेमुलेसन )  सम्पन्न भएको छ । कोटहिमाई गाउपालिकामा भएको संयुक्त अभ्यासमा बाढीबाट बच्नका लागि अपनाउनु पर्ने तरिकाका बिषयमा अभ्यास गरिएको बिकास तथा प्रकोप व्यबस्थापन केन्द्रका कार्यकारी निर्देशक धर्मराज घिमिरेले जानकारी दिनुभयो । 

बाढी आइरहेको बेला बाँसको भाटा , रसी , स्थानीय श्रोतबाट तयार गरिएको लाईफ ज्याकेटलाई कसरी प्रयोग गर्ने , डुङ्गा , रबर बोट दुर्घटना भयो भने कसरी जोगिने भन्ने बिषयमा प्रयोगात्मक कला नेपाली सेना , सशस्त्र प्रहरि बल र नेपाल प्रहरिले प्रर्दशन गरेका थिए । त्यस अबसरमा प्राथमिक उपचार , राहत बितरण तथा घाइतेको स्वास्थ्य केन्द्र सम्मको उद्धारको डेमो प्रर्दशन गरिएको थियो ।  

जिल्ला बिपद व्यबस्थापन समितीको समन्वय , नेपाली सेनाको नेतृत्व तथा सशस्त्र प्रहरि बल , नेपाल प्रहरि ,नेपाल रेडक्रस , सिडिएम नेपाल , सामुदायिक बिपद व्यबस्थापन समितीको राष्ट्रिय सञ्जाल र नमुनाको सहकार्यमा संयुक्त अभ्यास भएको हो । यस्ता खालका संयुक्त अभ्यासले बाढी प्रतिकार्य तथा पूर्बतयारीका लागि सहयोग पुग्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थले बताउनु भयो ।  
 

प्रतिक्रिया दिनुहोस