शुक्रबार, ३० साउन २०७७

पश्चिम नेपालका बस चल्न थाले

रुपन्देही १२ साउन । पश्चिम नेपाल बस व्यवसायी प्रालीले पनि आफ्ना बस सञ्चालन गर्न थालेको छ । बुटवलबाट भैरहवा, सालझण्डी र बर्दघाटसम्म गाडी सञ्चालन गरेको प्रालीले जनाएको छ । बस सञ्चालनको तालीका नतोकेको र यात्रुको चाप तथा आवश्यकता अनुसार गाडीहरु चलेको प्रालीका अध्यक्ष दधिराम खरेलले बताउनुभयो ।

सरकारले तोकेको मापदण्डअनुसार दुई सिटमा एक जना राखेर चलाएको उहाँको भनाइ छ । सरकारले दुरी कायम गरी यात्रु राखेर, स्वास्थ्य सुरक्षाको व्यवस्था गरी ४० प्रतिशत बढी भाडा लिएर यातायात चलाउन अनुमति दिएपनि यातायात व्यवसायी महासंघ र यस क्षेत्रको पश्चिम नेपाल बस व्यवसायी प्रालिले आनाकानी गर्दै आएका थिए ।

यद्यपि रुपन्देहीमा सरकारको अनुमतिसँगै लुम्बिनी मेट्रोसिटीले बस चलाएको थियो । पश्चिम नेपालले ढिला गरी मात्र सडकमा गाडी निकालेको हो । यसैबीच पश्चिम नेपाल बस व्यवसायी प्रालीले जिल्ला भित्र मात्र नभई अन्य जिल्लाबाट पनि यातायात सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ ।

यस बारेमा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीसँग कुरा गरेको अध्यक्ष खरेलले बताउनुयभो । खरेलले बाहिरी जिल्लाबाट आउने यात्रुहरु महंगो भाडा तिरेर गाडी रिजर्ब गरेर आउनुपरेको भन्दै बस सञ्चालन भएमा यात्रुलाई पनि सहज हुने दाबी गर्नुभयो । 
 

प्रतिक्रिया दिनुहोस