शुक्रबार, ३० साउन २०७७

कोभिड – १९ का कारण धरासयी विश्व अर्थतन्त्रमा प्रविधिको उदय

कोभिड – १९ का कारण विश्व अर्थतन्त्र धरासयी भएको छ । विश्व बैंकको प्रक्षेपण अनुसार, सन् २०२० मा विश्वको कुल गार्हस्थ उत्पादनमा ५.२ प्रतिशतले गिरावट आउनेछ । पर्यटन, हस्पिटालिटी, विश्व श्रमबजार उकासिन वर्षौ लाग्न सक्ने अनुमान गरिएको छ । तर, प्रविधियुक्त केही व्यवसायले भने यो समयमा जुर्मुराउने अवसर पाएका छन् । 

ई कमर्स
समग्रमा कोभिड – १९ को विश्वव्यापीकरण पश्चात फस्टाएको क्षेत्र हो अनलाईन व्यापार । प्राय व्यक्तिहरू विलासिताका सामान अनलाईनबाट खरिद गर्ने गर्दथे । विश्वभरी लकडाउन भएपछि भने, मानिसहरूले दैनिक उपभोग्य सामाग्रीहरू जस्तै दाल चामल, नुन , तेल देखी औषधी र अन्य आवश्यकिय सामाग्री अनलाईनबाट अर्डर गरेर घरमै मगाए । थुप्रै अनलाईन व्यवसायीका स्टोरहरू खाली भए । अरु व्यवसाय संकुचित भएको बेला, थुप्रै अनलाईन व्यवसाय यहिबेला विस्तार भए । 

भिडियो कन्फरेन्सिङ  
विश्व प्रविधिमैत्री बन्दैछ, तर कोभिड – १९ पश्चात व्यवसाय र सेवा प्रदायक कार्यालयहरू एकाएक ठप्प जस्तै भए । कर्मचारीले घरबाटै काम गर्नु पर्ने बाध्यता जस्तै भयो । विस्तारै उनिहरू भिडियो कन्फरेन्समा अभ्यस्त हुँदै गए । माइक्रोसफ्टको मार्चको मध्य महिनाको रिपोर्ट अनुसार, “टिम टुल” प्रयोगकर्ता एक हप्तामै ३७ % ले बढे । दैनिक प्रयोगकर्ता ४४ मिलियन पुगे । मार्च ३१ मा एकै दिनमा मात्र २.७ बिलियन “टिम टुल”मा मिटिङ भएको कृतिमान कायम भयो । 

मोबाईल एप्लिकेशन
यो अवधिमा मोबाईल एप्लिकेशन डाउनलोड गर्नेको संख्या पनि एकाएक बढ्यो । विशेष गरेर क्वारेन्टाईनमा बसेका व्यक्तिले घर भन्दा बाहिरको अवस्थिती र जानकारी लिन मोबाईल एप्लिकेशनको बढि प्रयोग गरे । गुगल एन्ड्रोईड, आईफोन एप, ह्वाट्सएप र फेसबुक म्यासेन्जरको प्रयोग ह्वात्तै बढ्यो । यहि समयमा युरोपमा Health and fitness app को डाउनलोड ४६% ले बढ्यो । अमेजनका प्रयोगकर्ताले वर्षको पहिलो क्वार्टरमा २० मिलियन अमेरिकी डलर खर्च गरे । जुन विश्वव्यापी रुपमा सबैभन्दा बढी डाउनलोड भएको एप्लिकेशन हो । 

साभार : Coronavirus CivActs Campaign Bulletin

प्रतिक्रिया दिनुहोस