शुक्रबार, ३० साउन २०७७

भदौ १ देखी आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला

रुपन्देही ६ साउन । सरकारले भदौ १ बाट आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान खुला गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ बाट आन्तरिक र भदौ १ बाट अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव पेश गरेकोमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै प्रकारका उडान भदौ १ बाट सुचारु गर्ने निर्णय गरेको हो ।

‘आन्तरिक र अन्तर्राष्ट्रिय उडान भदौ १ देखि सुरु गर्ने निर्णय भएको छ,’ पर्यटनमन्त्री योगेश भट्टराइले भन्नुभयो  ‘त्यसका लागि आवश्यक प्रोटोकल  कार्यबिधि बनाउने जिम्मेवारी पर्यटन मन्त्रालयलाई दिइएको छ।’   कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तराष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने ११ गतेबाट आन्तरिक रोकिएको थियो ।

जेठ २६ बाट सरकारले लकडाउन केही खुकुलो गरिएको भए पनि हवाई सेवा सुचारू भएको थिएन । पछिल्लो समय विदेशबाट नेपाल फर्किने नागरिकहरूका लागि चार्टर फ्लाइटहरू भने भइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस