शुक्रबार, ३० साउन २०७७

के कोभिड १९ ले विश्वव्यापीकरणलाई उल्टो दिशातिर धकेल्दैछ ?

कोभिड – १९ ले कुनै न कुनै तरिकाले विश्वव्यापीकरणको नकारात्मक पक्षलाई बाहिर ल्याएको छ । सिमापार हुने मान्छेको आवतजावत, सरसामान र ईन्धनको आयात निर्यातको असर यसका उदाहरण हुन्, जुन बर्तमान विश्वको अपरिहार्यता जस्तै भएकोछ । हावापानी परिवर्तन, आतंकवाद र आणविक प्रसारलाई पहिले देखी नै विश्वव्यापीकरणको असरको रूपमा हेरिन्थ्यो । तर, अहिले एउटा सानो ठाउँबाट सुरुभएको संक्रमणले कसरी विश्वव्यापी महामारीको रुप लिन सक्छ भन्ने उदाहरण बाहिर आएको छ । 

अहिले कोभिड – १९ ले, विश्वव्यापीकरणमा स्थायी रुपमा असर गर्ने अनुमान गरिएकोछ । अन्तरदेशिय सम्बन्ध, उनिहरूको आर्थिक व्यवहार र जनमत हेर्दा, हाल सम्म हासिल गरेका सबै कोशेढुंगाहरू परिवर्तन हुनसक्ने सम्भावना छ । कोभिड – १९ ले विश्वव्यापीकरणमा पारेका केही प्रमुख असरहरू निम्नानुसार छन :

१. आर्थिक संरक्षणवाद 
विश्वव्यापी आपूर्ती चेन र एकअर्का बिचको निर्भरतामा अवरोध र द्रुत आर्थिक मन्दीले देशहरू आतंकित भएकाछन् । यसैक्रममा विभिन्न राष्ट्र तथा राष्ट्रका नेतृत्वकर्ताहरूले आर्थिक राष्ट्रवाद र संरक्षणवादको पक्षमा तिव्र रुपमा वकाकालत गरिरहेकाछन् । आत्मनिर्भरता, स्थानीयकरण र आर्थिक सुरक्षा जस्ता विषयहरूको बढी चर्चा भईरहेको छ । 
यसैक्रममा, विभिन्न देशहरूले स्थानीय उत्पादनलाई बृद्धि गर्ने, व्यापारलाई पुरानो अवस्थामा ल्याउने र आयातलाई कम गर्ने उपायहरू खाजिरहेकाछन् । उदाहरणको लागि, युरोपियन युनियन, स्विजरल्याण्ड र भारतले भर्खरै महामारीको समयमा औषधिजन्य उपकरणको निर्यातमा रोक लगाए । 
स्वास्थ्य सेवामा परनिर्भरताले सिकाएको पाठले विभिन्न देशहरूलाई अन्य क्षेत्रमा पनि ध्यान दिन झकझकाएको छ । लकडाउन पछी धेरै देशहरूले आफ्नो व्यापार र वैदेशिक लगानीको नीति परिवर्तन गर्न सक्छन् र विदेशी कम्पनीहरूलाई ठुलो लाभ लिनबाट रोक्न नियामक निकायको स्थापना गर्नसक्छन् । 

२. अन्तरराष्ट्रिय यात्रामा रोक र पर्यटन
कोभिड – १९ को रोकथामको उपायको रूपमा थुप्रै देशहरूले यात्रामा रोक लगाएकाछन् । हवाई सेवाहरू बन्द छन् । यसले विमान कम्पनीहरूको ऋण थपिदैछ र उनिहरू टाट पल्टिने अवस्थामा पुग्नसक्छन् । ग्लोबल ट्राभल डाटा प्रोभाईडरका अनुसार, हवाई सेवा कोरोना महामारी पूर्वको अवस्थामा आउन सन् २०२२ देखी २०२३ सम्म पर्खिनु पर्नेछ । साथसाथै, कोरोनाका कारण मान्छेहरू अनलाईन प्रविधिको माध्यमबाट काम गर्न अभ्यस्त हुँदै गएको कारणले पनि लामो समय सम्म यात्रामा निस्किने सम्भावना कम छ । त्यसै गरेर, आर्थिक मन्दी र बढ्दो राष्ट्रवादी प्रवृतीका कारण पनि अन्तरराष्ट्रिय पर्यटनमा कमी आउनेछ । अन्तरराष्ट्रिय हवाई उडानमा बन्देजका कारण पर्यटन व्यवसाय धरासायी भएको छ । कोभिड – १९ पछि पनि यसले निरन्तरता पाउने सम्भावना उत्तिकै छ । 

३. विश्व श्रम बजार 
सरकारले अन्तरराष्ट्रिय यात्रामा लगाएको रोकका कारण विश्व श्रम बजारमा ठुलो असर परेको छ । त्यसै गरेर, स्वदेश र गन्तव्य राष्ट्र बिचको समन्वयको कमी, सम्बन्धित देशको सरकारको कमजोर व्यवस्थापन र स्वदेश फिर्ता हुन समस्याका कारण विश्व बजारमा श्रमिकको संख्यामा गिरावट आएको छ । 
यो समस्या चाडै समाधान हुने देखिदैन । देशहरूमा ठुलो संख्यामा उद्योगहरू बन्द, आर्थिक मन्दी, स्थानीय रोजगारीमा कामदारको प्राथमिकता र अन्य धेरै कारणले पनि कोभिड – १९ पछि विश्व श्रम बजार प्रभावित हुनसक्छ । विश्व बैंकको अनुमान अनुसार आउँदो वर्ष नेपालको विप्रेषण दर १४% ले घट्ने देखिएको छ । अन्य दक्षिण एशियाली मुलुकले पनि यस्तै समस्या भोग्नुपर्नेछ । 

साभार : Coronavirus CivActs Campaign 

प्रतिक्रिया दिनुहोस