शुक्रबार, ३० साउन २०७७

६० करोडको सम्पत्ती पु¥याउने तिलोत्तमा सहकारीको लक्ष्य

रुपन्देही २ साउन । तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेड शंकरनगर (टिएमसि) को सम्पन्न भएको बार्षीक बजेट तर्जुमा बैठकले  आर्थिक बर्ष २०७७÷०७८ का लागि  रु ६० करोडको अनुमानित बजेट  तथा कार्यक्रम तर्जुमा गरेको  छ । हाल ४५ करोड वासलात रहेको सहकारीले यो बर्ष ६० करोड सम्पत्ती पुरयाउने लक्ष्य लिएको हो । 

सहकारीका अध्यक्ष माधवलाल देवकोटाको अध्यक्षतामा बसेको बिस्तारीत  बैठकले चालु बर्षका लागि ५ करोड ३४ लाख ६६ हजारको अनुमानित आय व्ययको लक्ष्य पनि तयार गरेको छ । अघि संचालित कामहरुलाइ निरन्तरता दिदै संस्थाको दिगो बिकास र शेयर सदस्यहरुको आर्थिक तथा सामाजिक क्षमता अभिबृद्धिका लागि महत्वपुर्ण कार्यक्रमहरु गर्ने निर्णय बैठकले गरेको छ ।  

सबल र स्तरीय सहकारीको रुपमा टिएमसिलाइ स्थापित गराउन स्तरीकरण कार्यक्रम अन्तर्गत केयर ब्राण्डकालागि राष्ट्रिय सहकारी बैंक संग सम्झौता गरेको र सोही अनुरुप संस्थालाइ अगाडी बढाउने अध्यक्ष देवकोटाले बताउनु भयो । यो बर्ष शेयर सदस्य संख्या बढाएर ५ हजार पुरयाउने निर्णय  बैठकले गरेको  सचिव पार्वती थापाले बताउनु भयो । हाल सहकारीमा ३ हजार शेयर सदस्य छन । ५ करोड  १५ लाख शेयर पुँजी रहेको शहकारीको ३८ करोड निक्षेप संकलन छ ।  सहकारीको तरलता २५ प्रतिशत रहेको  कोषाध्यक्ष प्रदिप पराजुलीले जानकारी दिनुभयो ।

सहकारीले सामाजिक उत्तरदायित्व  अन्तर्गत गत आर्थिक बर्षमा बृक्षा रोपण, शंकरनगर स्थित विपि बाटिकामा पार्क निर्माण,स्वास्थ्य शिवीर, रक्तदान लगायतका कार्यक्रम गरेको छ । कोरोना नियन्त्रणमा सहयोग पुरयाउने उदेश्यले सहकारीले तिलोत्तमा नगरपालिकाकालाइ ५१ हजार  आर्थिक सहयोग गरेको छ । महिला सशक्तिकरण अन्तर्गत सिष्टर्स सोसाइटि क्लब गठन गरी सीपमुलक तालिमसगै सहकारी शिक्षा सम्बन्धि तालिमहरु संचालन गर्दै आएको र ती कार्यक्रमलाइ निरन्तरता दिइने देवकोटाले बताउनु भयो । 

महिला सदस्यहरुकालागि रु २ हजार सुत्केरी पोषण खर्चको व्यवस्था गरेको गरीएको छ । जेष्ठ सदस्यहरुका लागि ७० बर्ष माथिका शेयर सदस्यको निक्षेपमा साविकको व्याजदरमा १ प्रतिशत थप र ८० बर्ष माथिका शेयर सदस्यहरुकालागि १.५ प्रतिशत थप  व्याजदर दिने व्यवस्था गरीएको छ ।
सबै शेयर सदस्यहरुको २ लाख बराबरको  दुर्घटना बिमा गर्नुका  साथै इच्छुक ५ सय सदस्यको रु एक लाख बराबरको कोरोना बिमा समेत गरीएको छ ।  १० हजार बराबरको सहकारी पत्रकारीता पुरस्कार पनि स्थापना गरीएको छ ।
 

प्रतिक्रिया दिनुहोस