मंगलबार, २० साउन २०७७

राष्ट्रिय युवा संघ रुपन्देही भन्छ : पार्टी निर्णयलाई प्रभाव पार्न सडकमा उत्रनु निन्दनिय

रुपन्देही २५ असार । राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले पार्टी को निर्णयलाई चुनौती दिनेगरी सडकमा नेता कार्यकर्ता प्रस्तुत हुनु सर्बथा गलत भएको बताएको छ । 

संयोजक कृष्ण थापा र सहसंयोजक केशव कुबरले संयुक्त बिज्ञप्ती निकालेर व्यक्ति होइन नीति प्रधान कम्युनिष्ट पार्टिको पक्षमा रहेको बताउनु भएको हो । कम्युनिष्ट पार्टी भनेको व्यक्ति प्रधान हुदैन नीति प्रधान हुन्छ भन्ने हेक्का राख्न आग्रह गरिएको छ । 

बिज्ञप्तिमा स्थायी समितिको बैठकमा प्रस्तुत भएका छलफलका बिषयबस्तुलाई लिएर निर्णयमा प्रभाव पार्ने गरी सडकमा उत्रने कार्य निन्दनिय छ संयोजक थापा र सहसंयोजक कुबर द्धारा हस्ताक्षरीत बिज्ञप्तिमा उल्लेख गरिएको छ । पार्टीले लिने निर्णयको पक्षमा राष्ट्रिय युवा संघ रहेको भन्दै फुट र बिभाजनको पक्षमा नरहेको स्पष्ट पारेको छ । 

एकिकरणका कामहरु सम्पन्न बाँकी रहेको बेला एकिकरणको भावना बिपरित कामहरु हुनु दुखद भएको भन्दै पार्टि सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारीका साथमा अगाडि बढ्नु पर्ने युवा संघले बताएको छ । 

 

प्रतिक्रिया दिनुहोस