शुक्रबार, ३० साउन २०७७

रुपन्देहीका ३४ क्वारेन्टीनलाई व्यबस्थापन सामग्री सहयोग

रुपन्देही ११ असार । रुपन्देहीका ४ पालिकाहरुमा रहेका क्वारेन्टीनलाई व्यबस्थापन सामग्री हस्तान्तरण गरिएको छ । कारितास नेपालको सहयोगमा बिकास तथा प्रकोप व्यबस्थापन केन्द्र (सिडिएम) नेपालले लुम्विनी सास्कृतिक नगरपालिका,सम्मरीमाई, कोटहीमाई र मर्चवारी गाउँपालिकामा रहेका ३४ क्वारेन्टीनमा व्यबस्थापन सामग्री हस्तान्तरण गरेको हो ।  क्वारेन्टीनमा रहेका ६३५ जनालाई सेनिटाइजर, मास्क, व्यक्तिगत स्वास्थ्य सामग्री, साबुन, डष्टबिन, हरपेक ब्रस, टावेल , फेन , बकेट ,मग, ग्लोबस् ,म्याट प्रदान गरिएको हो । 

सिडिएमका कार्यकारी निर्देशक धर्मराज घिमिरेले क्वारेन्टीन व्यबस्थापन सामग्री पालिकाका प्रमुखहरुको रोहबरमा क्वारेन्टीन फोकल पर्सनलाई प्रदान गर्नुभएको कार्यक्रम अधिकृत स्मृती पाठकले जानकारी दिनुभयो । त्यसअबसरमा सल्लाहकार जगन्नाथ कुर्मी , कोषाध्यक्ष सरीता बेल्वासे , सदस्य शशिराज बेल्वासे , लेखा अधिकृत मौसमी टण्डन , कार्यक्रम सहयोगी सरीता पौडेलको पनि सहभागिता रहेको थियो । 

सिडिएमले कारितासको सहयोग मै नवलपरासीका सरावल, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकामा रहेका बिपन्न ४७५ घरधुरीलाई लक डाउनको बेला खाद्य सामग्री प्रदान गरेको थियो । 

सिडिएमले रुपन्देही र नवलपरासीका बाढी प्रभाबित क्षेत्रहरुमा बाढी प्रतिकार्य तथा पुर्नलाभ अन्र्तगत स्थानीय तहको बिपद व्यबस्थापन योजना निर्माणमा प्राबिधिक सहयोग गरेको थियो । कार्यक्रम मार्फत बिपद प्रभाबित समुदाय कै नेतृत्वमा बिपद व्यबस्थापन सहकारी मार्फत उनीहरुको आयआर्जन बृद्धिमा टेवा पुराइरहेको कार्यकारी निर्देशक घिमिरेले बताउनु भयो ।   
 

प्रतिक्रिया दिनुहोस