शुक्रबार, ३० साउन २०७७

के असारे विकासले कोरोना विर्साएकै हो त ?

विश्व नै कोरोना भाईरस ( कोभिड १९ ) को महामारीमा छ । देशमा लकडाउन पुर्ण रुपमा खुलेको अवस्था छैन । लकडाउन धेरै दिन भएपछि कष्टकर बन्दै गएको जीवन सहज बनाउन, ठप्प रहेको आर्थिक गतिविधि चलायमान बनाउन र लकडाउनलाई अहिले खुकुलो बनाइएको छ । लकडाउन खुकुलो बनाउनुको अर्थ सावधानी नअपनाउनु भन्ने होईन । लकडाउन खकुलो बनाउनुको अर्थ कोरोना भाईरस संक्रमणको अवस्था नभएको पनि होईन । कोरोनाको महामारी हटेको अवस्था त अझै हुदै होईन । बाहिर निस्किदाँ     सरकारले वा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पुरा गर्नुपर्ने हुन्छ । त्यसमा पनि आवश्यक काम परेको बेला मात्र निस्कने हो । आम भेला गर्ने, कार्यक्रमको उद्धघाटन र समापन गर्ने होईन तर यहाँ त असारे विकासले कोरोनाको जोखिम विर्सेको जस्तो छ । 

कोरोना भाईरसले हाम्रो जीवन शैलीमा धेरै परिवर्तन ल्याएको छ । काम गर्ने शैली, बस्ने खाने शैली परिवर्तन गरेको छ । तर असारे विकासको मोडेललाई परिवर्तन गर्न भने सकेनछ । जेठमा विकास निर्माणको काम गर्दा रोक्ने भाईरसले असारमा काम गर्दा रोक्न सकेको छैन । असार लाग्नै लाग्दा शुरु भएको असारे विकासको अभियान असारका दिनहरु बढदै गएसंगै जनप्रतिनिधिको व्यस्तता पनि बढाएको छ । वडाध्यक्ष देखी मुख्यमन्त्री सम्मले आफनो क्षेत्रको विकासमा लाग्नु परेको छ ।  विकास निर्माणको कामको अनुगमनमा जम्बोटोली सहित निस्केको देखिन्छ । मेयर साहेवहरुले जग खनेर सिलान्यास कार्यक्रम राख्नु भएको छ, प्रदेश मन्त्रीले फिता काटेर सडक ढलानको उद्धघाटन गर्नु भएको छ । के साच्चिकै असारे विकासको ताकतले कोरोना संक्रमणलाई विर्साएकै हो ? खोई त हाम्रो सर्तकता ? खोई त भौतिक दुरीको नीति पालन ? के उद्धघाटन गर्नै पर्ने हो ? उद्धघाटन र अनुगमनमा जाँदा लावालस्कर देखाउनै पर्ने हो ? खोई त हाम्रो सर्तकता ?

व्यवस्था परिवर्तन भयो तर व्यवहार परिवर्तन भएन । बर्ष भरी हुन नसकेका विकास निर्माणको कामलाई असार भित्र सिध्याउनु पर्ने हाम्रो कस्तो नियम हो ? की नियत हो आम जनताले बुझन् सकेका छैनन । यस्तो संक्रमणको बेला त तीन तहका सरकारका प्रतिनिधिले असारे विकास भन्दा पनि आवश्यतामा आधारित विकासको काममा लाग्नु पर्ने होईन र ? आम जनतालाई सचेत गराउनु पर्ने खण्डमा आफैले भिडभाड गर्दै हिडने, सर्तकता नअपनाउने र संक्रमण फैलिन सक्ने कामलाई बढावा दिने काम गर्नु हुदैन भन्ने तर्फ हाम्रा जनप्रतिधिहरुको ध्यान जान जरुरी छ । विकास निर्माणको काम असारमा मात्र हुन्छ भन्ने धारणा कहिले परिवर्तन हुने ? असारमा गरिएको विकास कतिको टिकाउ हुन्छ ? असारे बिकास कतिको आवश्यता हो ? यस तर्फ हाम्रो ध्यान कहिले जाने ? आम जनतालाई एक ठाउँबाट अरु ठाउँमा जानका लागि समस्यै समस्या हुने तर हाम्रा नेताजीहरुलाई सधै छुट हुने यो बिभेद नभएर के हो ? आफैले बनाएको नियम पालना नगर्ने सस्कार कहिले सम्म ?

दिन प्रति दिन कोरोना संक्रमितको संख्या बढी रहेकै छ । जोखिम कम भएको छैन । सम्बन्धित निकायले अझ बढन सक्ने आंकलन गरिरहेको बेला विकास निर्माणको बहानामा जोखिम बढाउनु कतिको जायज छ ? हाम्रा जनप्रतिनिधिले नै संक्रमण रोक्ने उपाय अपनाएन भने आम जनतामा के सन्देश जान्छ । आम जनताले यसलाई कसरी लिने हो ? एकातिर सरकारले नीति नियम ल्याउने, भीडभाड गर्नु हुदै भनेर सन्देश दिने, आम नागरिकलाई कारवाही गर्ने तर ठुलबडालाई कारवाहीको सट्टा किन प्रसय गर्ने ? अहिलेको अवस्था भनेको आफनो पछाडी भिडभाड देखाउने होईन । उद्धघाटन कार्यक्रमको आयोजना गर्ने होईन बरु कुन काम हो ? कति लागत हो ? कहिले सकिने हो ? को हो जिम्मेवार व्यतिm लगायतको सुचना बोर्ड राखेर पारदर्शि बन्ने समय हो । हाम्रो समाजमा रहेको औपचारिक कार्यक्रम र भाषण गर्ने प्रवृति हटाउने समय हो ? बिकृत परम्परालाई हटाउने समय हो । तर खोई त हाम्रा जनप्रतिनिधिको ध्यान यस तर्फ गएको ? खोई विकास निर्माणको काममा सर्तकता अपनाएको ? कोरोनो महामारीे खोई त असारे विकासलाई असर गरेको ?

विकास निर्माण पनि हाम्रै लागि हो । असारे विकासको नाममा आफनो कार्यकर्ता पाल्ने,विनियोजन गरेको रकम सिध्याउनै पर्ने कस्तो हाम्रो परम्परा ? आखिर वर्षभरी हुन नसकेको काम असार मै आएर सिध्याउने पर्ने नियम हो की नियत हो बुझनै सकिएन ? उता कोरोना संक्रमितको संख्या एघार पुग्न थालेको छ यता हामी विकास निर्माणको नाममा अनुगमन र उद्धघाटन गर्दै हिडने हाम्रा जनप्रतिनिधिको ध्यान कता छ ? मेशिनको अभाव, मेशिन भए पनि किटको अभावमा कोरोना परिक्षणको काम रोकिरहदा पनि हाम्रा सरकारहरुको ध्यान कोरोना भन्दा पनि असारे विकासमा गएको देखिन्छ । 

क्वारेन्टिनको अवस्थाका बारेमा गुनासो आए पनि एकपटक फर्केर नहेर्ने हाम्रा जनप्रतिनिधि, माननीय मन्त्रीज्युहरु विकास निर्माणको उद्धघाटन गरेको देख्दा आम जनताको मनमा केही शंका उत्पन्न हुनु स्वभाविक नै हो । जनताको आवश्यकता एकातिर तर जनप्रतिनिधिको चासो भने अर्काे तिर । कोरोना नियन्त्रण तथा रोकथाम भन्दा पनि असारे विकासमा लागेकोहरुको ध्यान यस तर्फ किन नगएको होला ? के साच्चिकै असारे विकासले कोरोना विर्साएकै हो त ?

प्रतिक्रिया दिनुहोस