रियल मड्रिडलाइ पछि पार्दै बार्सिलोना, स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाइ १–० ले गोल अन्तरले पराजित गर्दै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो।
जितसँगै बार्सिलोनाले रियलसँगको दूरी ३ अंकले बनाएको छ। बार्सिलोनाले ३१ खेलमा ६८ अंक जोडेको छ। एक खेल कम खेलेको रियलको ६५ अंक छ। रियलले बुधबार घरेलु मैदानमा मालोर्काविरुद्ध जित हात पारे शीर्ष स्थानमा उक्लनेछ।
३१ खेल खेलेको बिल्बाओ ४२ अंकमा दशौं स्थानमा छ। निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका इभान राकिटिचले ७१औं मिनेटमा गोल गर्दै टोलीलाइ सुरुवाती अग्रता दिलाएका थिए । गएराति नै भएको खेलमा एथ्लेटिको मड्रिडले लेभान्तेलाइ १–० ले पराजित गर्दा गेटाफे र रियल भल्लडोलिडले १–१ को बराबरी गर्दै अंक बाँडेका छन्।
प्रतिक्रिया दिनुहोस