शुक्रबार, ३० साउन २०७७

रुपन्देहीका तिन पालिकालाई क्वारेन्टीन व्यबस्थापन सामग्री हस्तान्तरण

रुपन्देही ८ असार । रुपन्देहीका ३ गाउँपालिकामा सञ्चालनमा रहेका क्वारेन्टीनलाई स्वास्थ्य तथा सरसफाई सामग्री हस्तान्तरण गरिएको छ । 

कारितास नेपालको सहयोगमा बिकास तथा प्रकोप व्यबस्थापन केन्द्र ( सिडिएम ) नेपालले मर्चवारी, कोटहीमाई र सम्मरीमाई गाउँपालिकामा रहेका १७ वटा क्वारेन्टीनमा रहेका ४३५ जनालाई स्वास्थ्य, सरसफाई तथा क्वारेन्टीन व्यबस्थापन सामग्री सहयोग स्वरुप हस्तान्तरण गरिएको सिडिएमका कार्यकारी निर्देशक धर्मराज घिमिरेले जानकारी दिनुभयो । 

मर्चवारी गाउँपालिका अध्यक्ष केशब नन्द बानिया , कोटहीमाईका अध्यक्ष चन्द्रभुषण यादब र सम्मरीमाईका अध्यक्ष जितेन्द्रनाथ सुक्लालाई सिडिएमका तर्फबाट सल्लाहकार जगन्नाथ कुर्मी , कार्यसमिती सदस्य शशिराज बेल्वासे, लेखा अधिकृत मौसमी टण्डन र सरिता पौडेलले क्वारेन्टीन व्यबस्थापन सामग्री हस्तान्तरण गर्नुभएको कार्यक्रम अधिकृत स्मृती पाठकले बताउनु भयो ।  
 

प्रतिक्रिया दिनुहोस