शुक्रबार, ३० साउन २०७७

प्रदेश ५ को बजेट : ३६ अर्ब ३५ करोड २५ लाख

रुपन्देही १ असार । प्रदेश ५ सरकारले ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाको बजेट सार्बजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाको बैठकमा आर्थिक बर्ष २०७७ । ७८ को लागि कुल बिनियोजित बजेट मध्ये चालु तर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार ( ३४.६४ प्रतिसत ) र पूजिंगत तर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार ( ५१.२२ प्रतिसत ) रहेको छ । स्थानीय तह बित्तिय हस्तान्तरण का लागि ५ अर्ब १४ करोड ५० हजार रहेको बताउनु भएको हो । यो कुल बिनियोजित बजेटको १४.१४ प्रतिसत हो । 

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट २ अर्ब ३ करोड ७७ लाख, राजश्व बाँडफाँटबाट ११ अर्ब ३४ करोड २ लाख, रोयल्टी बाँडफाँटबाट ८८ करोड ५६ लाख, वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ६३ करोड ७१ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८१ करोड ३६ लाख, समपूरक अनुदानबाट ४८ करोड ३३ लाख, विशेष अनुदानबाट २१ करोड र चालु आर्थिक वर्षको वचत रकमबाट ७ अर्ब ९४ करोड ५० लाख रहने छ । समृद्ध प्रदेश ः खुशी जनताको सोच हासिल गर्नमा सहयोग पुग्नेगरी बजेट ल्याएको भन्दै मुख्यमन्त्री पोखरेलले आगामी बर्ष ७ प्रतिसत आर्थिक बृद्धि हासिल हुने अनुमान गर्नुभएको छ । 

स्वास्थ्य क्षेत्रको स्तरोन्नती र बिस्तार गरी स्वास्थ्य सेवामा आम नागरिकको पहुँच बृद्धि गर्ने , शिक्षा लगाएत सामाजिक क्षेत्रको बिस्तार र बिकास गर्ने , कृषि क्षेत्रमा उत्पादनका साधनमा सरल पहुँच र नबिनतम प्रबिधिको उपयोग बढाउदै युवा पुस्तालाई आकर्षित गर्ने र कृषिलाई आत्मनिर्भर अर्थतन्त्रको आधारशीलाको रुपमा बिकास गर्ने प्राथमितकता बजेटमा उल्लेख गरिएको छ । 

आर्थिक सामाजिक क्षेत्रको समग्र बिकासमा टेवा पुग्नेगरी दिगो पूर्वाधार बिकासमा जोड दिने तथा छिट्टै आर्थिक प्रतिफल हासिल हुने क्षेत्रमा व्याबसायीक लगानी र साझेदारी गर्ने , प्रदेशलाई डिजिटल प्रदेशमा रुपान्तरण गर्नेगरी सुचना प्रबिधिको बिकास र उपयोगमा जोड दिनुका साथै सार्बजनिक खर्चलाई मितव्ययी एबं नतिजामुखी बनाउने र अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने बजेटका प्राथमिकता रहेका छन । 
 

प्रतिक्रिया दिनुहोस