रुपन्देही २७ जेठ । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले जिम तथा फिटनेस सेन्टर (व्यायामशाला) खुल्ला गर्न माग गर्दै बुटवल उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । संघले मंगलबार व्यायामशाला सुरक्षित तरिकाले खुलाउन माग गर्दै बुटवल उपमहानगरपालिका प्रमुख शिबराज सुबेदीलाई ज्ञापनपत्र बुझाएको हो ।
संघका सचिब राजकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले नगरपालिकालाई ज्ञापनपत्र बुझाएको बुटवल फिटनेस एण्ड जिम सेन्टरका प्रमुख प्रशिक्षक तथा अन्र्तराष्ट्रिय खेलाडी बिजेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । संघले बुझाएको ज्ञापनपत्रमा जिम तथा फिटनेस सेन्टरमा करोडौं भन्दा बढी लगानी भएको तर लकडाउनपछि बन्द रहदा जिम संचालकहरु मारको परेको जनाएको छ ।
जिम तथा फिटनेस सेन्टर बन्द हुँदा संचालकले कर्मचारीहरुलाई तलब, घरभाडा, बैंक ब्याज, बिजुलीको महशुल र नेपाल सरकारलाई बुझाउनुपर्ने कर बुझाउन नसक्ने स्थितिमा पुगेको समेत संघले जनाएको छ ।
यस्तै संघले डब्लुएचओ र नेपालका विषेशज्ञहरुले मानव शरिरका प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन सकिएमा कोरोना रोगबाट सजिलै बच्न सकिने बताएको कारण दैनिक व्यायाम गर्नु जरुरी भएकोले पनि बन्द रहेको जिम तथा फिटनेस सेन्टर यथाशिघ्र छिटो खोल्नु जरुरी भएको जनाएको छ ।
कोरोनाको महामारीको जोखिम बढेपछि सरकारले गत चैत ११ गते बाट लकडाउन घोषणा गरेको थियो । लक डाउन जेठको ३२ गते सम्म कायम रहेको छ । लकडाउनपछि जिम तथा फिटनेस सेन्टर बन्द छन् । हाल रुपन्देही जिल्लामा ४० बढि जिमहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस