मंगलबार, २० साउन २०७७

क्वरेन्टीन व्यबस्थित नभएको भन्दै प्रदेश र स्थानीय सरकारबिरुद्ध मुद्धा , सुनुवाई आज

रुपन्देही २३ जेठ । मापदण्ड अनुसार क्वारेन्टाईन सञ्चालन नभएको भन्दै उच्च अदालत तुलसीपुर बुटवल ईजलासमा प्रदेश सरकारका बिरुद्ध मुद्धा दायर भएको छ । परमादेशको माग गर्दै कपिलवस्तु मायादेवी गाँउपालिका ५ का सुनिल कुमार चौहान र कपिलवस्तु कृष्णनगर नगरपालिका ६ का अरुणेश कुमार उपाध्यायले मुद्दा दायर   गर्नुभएको हो । 

मुद्दामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश नम्बर ५ बुटवल, जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, जिल्ला प्रशासन कार्यालय रुपन्देही सहित दुई जिल्लाका ९ स्थानिय तहलाई विपक्षी बनाइएको छ ।

बिपक्षी बनाई मुद्दा दायर भएका स्थानीय तहमा रुपन्देहीका लुम्बिनी सास्कृतीक नगरपालिका सगै समरीमाई, मर्चवारी तथा मायादेवी गाँउपालिका रहेका छन । कपिलवस्तुका महाराजगज नगरपालिका, कृष्णनगर नगरपालिका, यशोधरा गाँउपालिका, मायादेवी गाँउपालिका र शुद्धोधन गाँउपालिकालाई बिपक्षी बनाइएको छ ।  

सो मुद्दामा नेपालको संबिधानको धारा १४४  (१) र (२) बमोजिम परमादेश प्रतिषेध, लगायत अन्य आवश्यक उपयुक्त आज्ञा, आदेश जारी गरि पाऊ भन्ने माग गरिएको छ ।

उच्च अदालत तुलसीपुर बुटवल ईजलासले सो मुद्दाको सुनुवाईका लागि जेठ २३ का लागी पेशी तोकेको छ । मुद्दामा बिपक्षि बनाईएकाहरुबाट कोरोना भाईरस सम्बन्धि क्वारेन्टीन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ बिपरितको कार्य गरिएको र गराईएको उल्लेख छ । त्यसै गरि क्वारेन्टीन सञ्चालनका क्रममा संबिधानले नागरिकलाई दिएका कतिपय मौलिक हकहरु उल्लघंन गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस