मंगलबार, २० साउन २०७७

प्रदेश सरकारले कोरोनाबाट हुने मृतकका परिवारलाई १ लाख राहत दिने

रुपन्देही २१ जेठ । प्रदेश ५ सरकारले आफै शव बाहन खरिद गर्ने भएको छ । बांके र बुटवलमा मृत्यु भएका २ जनामा कोरोना पुष्टि भएपछि शव बाहन नहुंदा दाह संस्कारमा समस्या परेपछि प्रदेश सरकारले शव बहान खरिद गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव बोक्न एम्बुलेन्स चालकहरु नमाने पछि प्रदेश सरकारले शव बहान खरिद गर्ने निर्णय गरेको हो ।

प्रदेश ५ मन्त्रिपरिषदको बैठकले बांके स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल र दाङको तुलसीपुर स्थित राष्ट्रिय आयुर्बेदीक केन्द्रमा संचालित कोरोना अस्पतालमा प्रयोग हुने गरि शव बाहन खरिद गर्ने निर्णय गरेको हो । कोरोना संक्रमितको शव दाहसंस्कार गर्ने कार्यविधि आएपनि कतिपय स्थानहरुमा शव बोक्न एम्बुलेन्स प्रयोग गर्नुपर्ने अवस्था आएको थियो । 

मन्त्रिपरिषदको निर्णय सार्वजानिक गर्दै प्रदेश सरकारका प्रवक्ता भौतिक पुर्वाधार तथा यातायात मन्त्री बैजनाथ चौधरीले शव बाहन खरिदका लागि १५ । १५ लाख छुट्याईएको जानकारी दिनु भयो । 

अस्पतालका लागि शव बाहन प्रयोग भएपनि शव बहानको रेखदेख र नियमित संचालन बांकेमा नेपालगन्ज उपमहानगरपालिका र दाङमा तुलसीपुर उपमहानगर पालिकाले गर्ने गरि ब्यवस्था मिलाईएको मन्त्री चौधरीले बताउनु भयो ।  मन्त्रीपरिषदको बैठकले कोरोना संक्रमणबाट मृत्यु हुने परिवारलाई राहत स्वरुप १ लाख रुपैया दिने निर्णय गरेको छ । 

यस्तै कोरोना कोष निर्देशिकामा परिमार्जन गरी कोरोना विशेष अस्पतालमा खटिने प्रहरीलाई खाना खर्च र स्वाब संकलनमा खटिने स्वास्थ्यकर्मीलाई पनि भत्ताको व्यवस्था गरिएको छ । 

प्रतिक्रिया दिनुहोस