मंगलबार, २० साउन २०७७

प्रदेश सभा सदस्य खानको प्रश्न : प्रदेश सभामा सपथ नलिएका मन्त्री किन चाहियो ?

रुपन्देही १८ जेठ । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य फकरुद्धिन खानले प्रदेश सरकारको बिषयमा संसदमा उठेका प्रश्नको जवाफ सत्तारुढ दलका केहि प्रदेश सभा सदस्यहरुले दिने गरेको भन्दै आपत्ती जनाउनु भएको छ । 

प्रदेश पाँचको प्रदेश सभाको बैठकमा बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकताको बिषयमा बोल्दै उहाँले प्रदेश सभामा सपथ नखाएका मन्त्रीहरुले जवाफ दिने गरेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको हो । उहाँले सदनमा उठेका जिज्ञासा र प्रसंगको जवाफ सपथ नलिएका होइन सपथ लिएका मन्त्रीबाट आउनु पर्ने बताउनु भयो । 

सपथ लिएका मन्त्रीहरुले प्रदेश सरकारको प्रतिनिधित्व गर्ने भन्दै प्रदेश सभा सदस्य खानले सपथ नलिएका मन्त्रीले सदनमा उठेका प्रश्न र जिज्ञासाको किन उत्तर दिने गरेका छन भन्ने प्रश्न गर्नुभयो । उहाँले प्रदेश सभाभित्र सबै सदस्यको समान अधिकार र हैसियत भएको स्मरण गराउनु भयो । 

लुम्विनी क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य खानले राष्ट्रियता र राष्ट्रबाद सम्पुर्ण नेपालीको मुल्यवान सम्पती रहेको भन्दै प्रत्येक नेपालीको नसा नसामा बग्ने मूल्यवान सम्पतीलाई कुनै अमुक दलले निजी सम्पतीको रुपमा व्याख्या गर्ने अधिकार नरहेको स्पष्ट पार्नुभयो । उहाँले कारोना भाइरस नियन्त्रण , रोकथाम र उपचारमा प्रदेश सरकार मुकदर्शक मात्रै बनेको आरोप लगाउनु भयो । 
 

प्रतिक्रिया दिनुहोस