बुधबार, ०८ चैत्र २०७९

कोभिड १९ संक्रमण फैलिएसंगै महिला जोखिममा

विश्वव्यापी कोभिड १९ को संक्रमण फैलिएसंगै लैङ्गिक असमानताका मुद्दा पनि भयावह रुपमा अगाडी आईरहेका छन् । विशेष गरेर दैनिक ज्यालादारी गरी खाने महिलाले रोजगारी गुमाएकाछन् ।

महिला विरुद्धको घरेलु हिंसा बढेकोछ र प्रत्यक्षरुपमा कोभिड १९ का बिरामीको उपचारमा संलग्न महिला स्वास्थ्यकर्मीहरूले जोखिमको सामना गरिरहेकाछन् । नेपाल यसको अपबाद रहन सक्दैन । 

अझै भन्नुपर्दा, महिलामा कोभिड १९ को संक्रमणको दर पनि बढ्दै गईरहेको छ । नेपालमा कोभिड १९ बाट ज्यान गुमाउने पहिलो व्यक्ति सुत्केरी महिला थिईन । जबकी संक्रमित महिला र पुरुषको अनुपात हेर्ने हो भने, पुरुषको संख्या धेरै छ । तर, गर्भवती र सुत्केरी महिलाहरू बढी जोखिममाछन् भन्ने देखाउँछ ।

अहिलेको अवस्थामा, जति स्वास्थ्य सम्बन्धी संरचनाको निर्माण गर्न महत्वपूर्ण छ, त्यतीनै महिला र अन्य जोखिम वर्गका व्यक्तिहरूको सुरक्षामा ध्यान दिन महत्वपूर्ण छ ।

त्यसका लागि सरकारले निम्न कुरामा ध्यान दिन जरुरी छ : 

  • अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीसंगै समुदायमा परिचालित स्वयंसेविकालाई प्रयाप्त मात्रामा सुरक्षाका उपकरणहरू उपलब्ध गराउने ।
  • गर्भावस्था र सुत्केरी अवस्थामा उपयुक्त स्वास्थ्य सेवा र सुरक्षाको व्यवस्था गर्ने ।
  • लैङ्गिक मुद्दासंगै घरेलु हिंसाबाट पिडितहरूलाई प्रत्यक्ष मनोपरामर्शमा काम गर्ने संघ संस्थासंग सहकार्य बढाउनु पर्दछ । घरेलु हिंसा रोक्न जन चेतनाको लागि रेडियो, टेलिभिजन र सामाजिक सञ्जालको प्रयोग गर्ने ।
  •  लक्षित वर्गलाई पोषणयुक्त खाना दिने कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने । 
  • महिनावारी र प्रजनन् स्वास्थ्यलाई ध्यानमा राखेर स्थानीय स्तरमा स्वास्थ्य प्रसोधनका सामाग्रीसंगै गर्भ निरोधका सामाग्रीहरू सहजै उपलब्ध हुने व्यवस्था मिलाउने । 
  • यो संकटको बेलामा वैदेशिक रोजगारीमा रहेका महिला श्रमिकहरू बढी जोखिममा छन्, उनिहरूको सुरक्षाको लागि विशेष योजना बनाई कार्यान्वयन् गर्ने । 
  • हरेक सरकारी तहमा अर्थपूर्ण राहत वितरणको लागि सहज होस भन्नका लागि लैङ्गिकतामा आधारित तथ्यांक राख्ने ।

साभार :  Coronavirus CivActs Campaign

प्रतिक्रिया दिनुहोस