विश्वव्यापी महामारीका रुपमा देखिएको कोभिड १९ नामक कोरोना भाइरसको प्रभाव नेपालमा पनि भुसको आगो सल्के जसरी अगाडि बढेको छ । एउटा छिमेकी देश चिनबाट सुरु भएको कोरोना भाईरसको प्रभाव विश्वका ठुलाठुला देशमा जमाउदै अहिले फेरि अर्को छिमेकी देश भारतमा तिव्र रुपमा फैलिरहेको छ ।
छिमेकी चिनबाट सिधै नेपालमा यसको ठूलो प्रभाव नदेखिएतापनि भारतबाट यहाँ ठूलो प्रभाव पर्ने कुरा सर्व्विदितै छ । रोटी र बेटीको सम्बन्ध रहेको नेपाल र भारतबिचमा लाखौ जनता रोजगारका लागि एकआपसमा मिलेर विगत लामोसमयबाट निरन्तर काम गरिरहेका छन् । यसले कोरोना प्रसारमा स्वत ठूलो प्रभाव पार्ने सहजै अनुमान गर्न सकिन्छ ।
विभिन्न कारणले बिदेसिएका वा नेपाल बाहिर रहेका सबै नागरिक आफू जन्मेको ठाँउ वा मातृभूमिमा आउन पाउनु उनको नैसर्गिक अधिकार र उनीहरुलाई ससम्मान स्वदेस फर्काउनुपर्ने देशको कर्तब्य हो । सोही बमोजिम नेपाल आउन चाहानेहरुलाई नेपाल सरकारले विभिन्न देशबाट स्वदेश भित्राउने प्रकृया अघि बढाएको बताएको छ । तर बिश्वस्त हुने आधार भने सरकारले तयार गरिसकेको छैन ।
भारतबाट यसैबिचमा नेपालका हरेक जिल्लामा रहेका गाँउगाँउमा दिनप्रतिदिन हजारौको संख्यामा मानिसहरु आइरहेका छन् । कोही लुकेर, कोही सरकारी प्रकृयाबाट त कोही बैयक्तिक तरिकाले । यसले आम जनतामा त्रास फैलाएको छ । त्यसैले आम समुदाय चनाखो भएर कोरोना नियन्त्रण तथा स्थानान्तरण रोक्न आफै पहल गर्नुपर्छ । नेपाल सरकार, जिल्ला प्रशासन भन्दा पनि यसको नियन्त्रण तथा स्थानान्तरण रोक्न स्थानीय तह संगै वडा र समुदायको भूमिका अब अब्बल देखिनु जरुरी छ । त्यसैले स्थानीय तहको अग्नीपरीक्षा सुरु भएको छ ।
स्थानीय तहको अग्नी परीक्षाका विषय र भूमिका ।
यसरी नेपाल सरकार, प्रदेश सरकारले पन्छाएर अन्तत स्थानीय सरकारमा छोडिदिएको ब्यबस्थापन स्थानीय तहले कसरी पूरा गर्छ, त्यो भने हेर्न बाँकी नै छ, तर यति सम्म साँचो हो की क्वारेन्टीनस्थल भित्र देखिन सक्ने कोरोना संक्रमित ब्यक्तिलाई पहिचान गरी प्रभावकारी तरिकाले उपचारमा पठाउने र क्वारेन्टीनस्थल बाहिर कोरोना पोजेटिभ स्थानान्तरण हुन नदिने उसको न्युनतम र अत्यावश्यक कार्य हो । यदी यसो भएन भने त्यो कमजोरी स्थानीय तहकै हो र यसको जिम्मा पनि उसले नै लिनुपर्नेछ । त्यसैले अबको अग्नीपरिक्षा स्थानीय तहको हो भन्नेमा दुईमत छैन र हुनुहुदैन पनि ।
सुशिल खनाल
अर्घाखाँची
प्रतिक्रिया दिनुहोस