मंगलबार, २० साउन २०७७

कोभिड महामारी पछि पाँच नम्बर प्रदेशको नाम र राजधानी टुङगो लगाइने

रुपन्देही १० जेठ । पाँच नम्बर प्रदेश सरकारले कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रण भएपछि मात्रै प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लगाउने भएको छ ।

आर्थिक बर्ष २०७७ । ०७८ को लागि नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादबले  कोरोना नियन्त्रण भएपछि राजधानी र नामाकरणको टुंगो लगाइने बताउनु भएको हो । प्रदेश सभाको बैठकमा उहाँले राजधानीको टुंगो लागेपछि गुरुयोजना बनाइने र संरचनाहरू निर्माण हुने उल्लेख गर्नुभयो । 

राजधानी तोकिएको स्थानमा राजधानीका लागि आवश्यक जग्गाप्राप्ति, गुरुयोजनाको निर्माण र अत्यावश्यक संरचनाहरुको निर्माणको काम समेत सुरु गरिने र प्रदेशको मौलिकता झल्कने गरी प्रदेशसभा भवन निर्माण गरिनेछ कार्यक्रममा उल्लेख छ ।

समायोजन कार्य सम्पन्न भएसंगै प्रदेशको विकास व्यवस्थापन र शासकीय प्रवन्धमा प्रभावकारीता ल्याउने गरी आवश्यक संरचनागत पुनर्गठन र सुधारको काम अघि बढाउने र   त्यसका लागि विज्ञहरु सम्मिलित एक कार्यदल गठन गरिने बताइएको छ । 

कोभिड १९ को महामारीका कारण प्रदेशको अर्थतन्त्र र विकास निर्माणमा पर्ने नकारात्मक असरलाई कम गर्नेतर्फ प्रदेश सरकारको आर्थिक नीति लक्षित हुनुका साथै यस महामारीले क्षति पुर्याएको अर्थतन्त्रको पुनर्उत्थान गर्नका लागि बिशेष कार्यक्रम संचालनमा ल्याइने नीति कार्यक्रममा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस