शुक्रबार, ३० साउन २०७७

विवाहअघि गर्भवती भएका बलिउड अभिनेत्रीहरु

अहिले कतिपय बलिउड सेलिब्रेटी विवाह नगरी सन्तानका एकल आमा वा बुवा बनेका छन् । जस्तो एकता कपूर, उनकै भाई तुसार कपूर, करण जौहर आदि । उनीहरु सेरोगेसीबाट सन्तानका मातापिता बनेका हुन् । वि वाह नगरी सन्तानका आमाबुवा बन्नु अब बलिउडको लागि आश्चर्यको विषय अब रहेन । तर, सेरोगेसीको हकमा मात्र । अन्यथा  विवाह नगरी गर्भवती हुनु सजिलै पचाउन सक्ने कुरा होइन । जबकी थुप्रै बलिउड अभिनेत्री प्रेम सम्बन्धमा रहेका बेला गर्भवती भएका थिए । 

यसको सिलसिला श्रीदेवीबाट सुरु भएको हो । श्रीदेवीको केही बर्षअघि निधन भइसकेको छ । उनकी छोरी जान्ह्वीले भने बलिउडमा करियर सुरु गरेकी छिन् । श्रीदेवी यस्ती अभिनेत्री हुन् जसले अभिनेताहरुको भिडमा आफ्नो बेग्लै स्टारडम बनाइन् । थाहा भएकै कुरा हो, श्रीदेवीले निर्माता बोनी कपूरसँग विवाह गरेकी थिइन् । अनौठो कुरा त के भने, विवाहअघि नै उनी गर्भवती भएकी थिइन् ।

प्रसंग अमेरिकाबाट सुरु हुन्छ । श्रीदेवीकी माता अमेरिकामा उपचाररत थिइन् । त्यही बेला बोनीले श्रीदेवीको खुब सहयोग गरे । श्रीदेवी पग्लिइन् । १९९६ मा अचानक श्रीदेवीले बोनीसँग बिवाह गरेर सबैलाई अचम्मित तुल्याइदिइन् । किन उनले यति गुपचुप र हतारमा बिवाह गरिन् त ? कौतुहलता जाग्ने नै भयो । पछि थाहा भयो, उनी बिवाह अघि नै गर्भवती भएकी थिइन् । श्रीदेवी स्वंमले यो कुरालाई स्विकार गरेकी छिन् ।

महिमा चौधरी पनि अघिल्लो पुस्ताकी अभिनेत्री हुन् । दिल क्या करे, धड्कन, दिल है तुम्हारा लगायतमा अभिनय गरेकी महिमाले बलिउडमा परदेश फिल्मबाट करियर सुरु गरेकी थिइन् । महिमाको खास नाम ऋतु चौधरी हो । निर्देशक सुभाष घईले ऋतुको नाम महिमा बनाइदिएका हुन् । यसको पछाडि पनि रमाइलो प्रसंग छ । खासमा निर्देशक सुभाष घईलाई ‘म’ अक्षरबाट सुरु नामकी अभिनेत्री फलिफापयुक्त हुने विश्वास गर्थे । त्यही अनुसार उनले ऋतुलाई महिमा बनाइदिएको बताइन्छ ।

उनी महिमाले अचानक बबी मुखर्जीसँग विवाह गरिन् । विवाह गर्ने कुनै तारतम्य नै नभई उनले अचानक यस्तो निर्णय किन गरिन् ? चियोचर्चा हुने नै भयो । अन्नत के थाहा भयो भने महिमा विवाहअघि नै गर्भवती भइसकेकी थिइन् । विवह भएको केही महिनामै उनी आमा बनिन्, एक छोरीकी ।

अमृता अरोरा बलिउड अभिनेत्री, मोडल तथा टेलिभिजन प्रस्तोता हुन् । अर्कोतर्फ उनी मलाइकाकी बहिनी हुन्, जसले केही बर्षअघि अरवाज खानसँग सम्बन्ध विच्छेद गरिन् । कुरा अमृताकै गरौं । भनिन्छ, अमृताले जतिबेला विवाह गर्दै थिइन् त्यसबेला उनी गर्भवती थिइन् । मलाइकाले व्यवसायी शकीलसँग विवाह गरेका हुन् । प्रेम सम्बन्ध रहेकै बेला उनी गर्भवती भएकी हुन् । विवाह भएपछि उनले खुलासा गरेकी थिइन्, ‘म आमा बन्नेवाला छु ।’

फिल्म राजतिलकको सुटिङका क्रममा कमल हासन र सारिकाबीच रोमान्स सुरु भएको थियो । अचानक दुबैले बिवाह गरे । भनिन्छ, त्यसबेला सारिका गर्भवती थिइन् ।  नीना गुप्ताले त सबैलाई आश्चर्यमा पार्दै खुलासा गरिन् कि, ‘म गर्भवती छु ।’ त्यसबेला उनको बिहे भएकै थिएन । नीनाले आफ्नो गर्भमा हुर्कदै गरेको बच्चाको पिताको नाम समेत खुलाइन् । बच्चा जन्मियो पनि । पछि थाहा भयो कि, क्रिकेटर विवियन रिचर्ड्स उनको पिता हुन् ।

प्रतिक्रिया दिनुहोस