बुधबार, ०८ चैत्र २०७९

फेसबुकमा अपशब्द लेखेको आरोपमा ललितपुर जिल्ला अध्यक्षलाई स्पष्टिकरण

सामाजिक सञ्जालमा केन्द्रीय उपाध्यक्ष पंकज नेम्वाङविरुद्ध अपशब्द प्रयोग गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले ललितपुर जिल्ला संघका अध्यक्ष पुरुषोत्तम थापालाई स्पष्टिकरण सोधेको छ।

गत वैैशाख २२ गते एन्फा दिवसको अवसरमा केन्द्रीय उपाध्यक्ष नेम्वाङले दिएको शुभकामनाविरुद्ध सामाजिक सञ्जालमा अपशब्द लेखेको भन्दै एन्फाले थापालाई स्पष्टिकरण सोधेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए।

प्रवक्ता किरण राईले थापालाई कारबाही गरिएको भन्दै ४८ घण्टाभित्र लिखित जवाफ पेश गर्न स्पष्टिकरण सोधिएको जानकारी दिए। वर्तमान कार्यसमिति विरुद्ध ललितपुर जिल्लासहित ४ जिल्ला संघका अध्यक्षले एन्फाभित्र आर्थिक अनियमितता भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायमा उजुरी दिएका थिए। तर अख्तियारले एन्फालाई सफाइ दिएको थियो। 

प्रतिक्रिया दिनुहोस