बुधबार, ०८ चैत्र २०७९

३० वर्ष कान्छा युवकसँग डेटिङ गर्दै नेमारकी आमा

ब्राजिलिएन फुटबल स्टार नेमार जुनियर हाल २८ वर्षका भए। उनका आमा नादिने गोनकाल्भेस ५२ वर्षकी भइन्। नादिनेको नेमारका पिता नेमार सान्तोस सिनियरसँग सम्बन्ध विच्छेद भइसकेको छ। यसबीचमा नेमारकी आमा आफूभन्दा ३० वर्ष कान्छा युवकसँगको प्रेम सम्बन्धमा छिन्।

हाल जुन युवासँग नेमारकी आमाले डेटिङ गरिरहेकी छिन् उनी नेमारभन्दा ६ वर्ष कान्छा हुन्। नादिनेले इन्स्टाग्राममा २२ वर्षका टियागो रामोसको फोटो पोस्ट गर्दै हालै आफू उनीसँग प्रेम सम्बन्धमा भएको जानकारी दिएकी छिन्।

सन् २०१६ मा नादिनेको सम्बन्ध विच्छेद भएको थियो। हाल नेमारसँग सल्लाह गरेपछि नादिनेले रामोससँग प्रेम सम्बन्ध स्थापित गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। नेमारले इन्स्टाग्राममा कमेन्ट गरेर भनेका छन्,‘खुशी रहनुस् आमा।’ टियागो रामोस नेमारको फ्यान भएको पनि बताइएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस